कान्तिपुर कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ, उत्कृष्ट १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

<span class='c1'>कान्तिपुर कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई</span> <span class='c2'>बिदाइ, उत्कृष्ट १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान</span>

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । आगामी वैशाख १४ गतेदेखि सुरु हुने कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुन लागेका ४२० जना विद्यार्थीहरूलाई सोमबार कलेजले शुभकामनासहित बिदाइ गरेको हो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भुवन नेपालले विद्यार्थीहरूलाई परीक्षामा सफलताको शुभकामना दिए । उनले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गरे । विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा कलेजले कुनै कसर बाँकी नराखेको बताउँदै उनले आगामी शैक्षिक यात्राको समेत सफलताको कामना गरे ।

कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सचिव राजेश कार्कीले विद्यार्थीहरूलाई उच्च शिक्षा र आगामी करियरका लागि शुभकामना व्यक्त गरे । त्यस्तै, हिसान कोशी प्रदेशका सचिव दिपेश बास्तोला, मोरङ जिल्ला अध्यक्ष अमित ढकाल र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै मन्तव्य राखेका थिए ।

सोही अवसरमा हिसानले लिएको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १८ जना विद्यार्थीहरूलाई कलेजले पूर्ण छात्रवृत्र् िप्रदान गरेको छ । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप छात्रवृत्र् िदिइएको प्रिन्सिपल नेपालले जानकारी दिए ।

बिदाइ कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम कान्तिपुर फाउन्डेसनका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्