नव वर्ष २०८३ लाई स्वागत गर्दै विराटनगरमा सध्याकालिन दीप प्रज्वलन

<span class='c1'>नव वर्ष २०८३ लाई स्वागत</span> <span class='c2'>गर्दै विराटनगरमा सध्याकालिन दीप प्रज्वलन</span>

विराटनगर । नव वर्ष २०८३ को शुभ अवसरमा विश्व हिन्दु परिषद नेपाल, विराटनगरको आयोजनामा सोमबार साँझ विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।


धर्म, संस्कृति, परम्परा र एकताको सन्देश बोकेको उक्त कार्यक्रममा विभिन्न धार्मिक समूह तथा गुरुहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरुले सनातन संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।


विश्व हिन्दु परिषद नेपाल, विराटनगरका संयोजक आलोक साहका अनुसार, यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता, सांस्कृतिक जागरण र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

 


कार्यक्रमका क्रममा “हाम्रो गौरव, हाम्रो पहिचान — सनातन संस्कृतिको संरक्षणमा सबैको साथ आवश्यक” भन्ने सन्देश प्रवाह गर्दै सहभागीहरुले दीप प्रज्वलन गरेका थिए । दिप प्रज्वलनमा स्थानीयवासी, धर्मप्रेमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्