विराटनगर । विराटनगर–६ मा अवस्थित फहद एप्रिल्स गार्मेन्टमा कार्यरत मजदुरहरूका लागि निशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने उक्त शिविरमा गार्मेन्टमा कार्यरत १८० जना महिला तथा पुरुष मजदुरहरूको आँखा परीक्षण गरिएको थियो।

शिविरमा सहभागी मजदुरहरूको आँखा जाँचसँगै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको गार्मेन्टका सञ्चालक मो.नसरुलले जानकारी दिए। गार्मेन्टमा लामो समयसम्म सूक्ष्म काम गर्नुपर्ने भएकाले मजदुरहरूको आँखामा समस्या देखिने सम्भावना बढ्ने भएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिविर आयोजना गरिएको उनले बताए।

उनले अनुसार , स्वास्थ्य शिविरले मजदुरहरूलाई समयमै आँखा सम्बन्धी समस्या पहिचान र उपचारमा सहयोग पुर्याएको छ । साथै, यस्ता कार्यक्रमहरूले श्रमिकहरूको स्वास्थ्यप्रति सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
