मोरङ सहित तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै

<span class='c1'>मोरङ सहित तराई-मधेसमा हर्षोल्लासका</span> <span class='c2'>साथ जुडशीतल पर्व मनाइँदै</span>

सर्लाही । मोरङ सहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राचीन मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ ।

गर्मीयामको सुरुवातसँगै शरीर, घरपरिवार तथा वातावरणलाई शीतल बनाउने उद्देश्यले यो पर्व मनाउने परम्परा रहेको छ । जुडशीतलका अवसरमा बिहानैदेखि घरपरिवारमा ज्येष्ठ सदस्यहरूले साना सदस्यहरूको टाउकोमा पानी राखेर आशीर्वाद दिने चलन छ ।

यसरी ‘जुड’ अर्थात् जुराउने र ‘शीतल’ अर्थात् चिसोपन प्रदान गर्ने सांस्कृतिक विश्वासलाई व्यवहारमा उतारिन्छ । यस दिन घर, आँगन, चुलो, सवारी साधनदेखि पशुपक्षी र बोटबिरुवासम्म पानी जुराएर शीतलता प्रदान गरिन्छ । चुलोलाई समेत जुराइने भएकाले घरमा आगो बाल्ने चलन हुँदैन । पर्वसँगै सरसफाइ र वातावरण संरक्षणलाई पनि प्राथमिकता दिइन्छ । गाउँघरमा इनार, कुवा तथा पोखरी सफा गर्ने र मर्मत गर्ने परम्परा रहेको छ । शरीरमा हिलो दल्ने चलनलाई प्राकृतिक उपचारको रूपमा लिइन्छ, जसले गर्मीबाट हुने रोगबाट बचाउने विश्वास गरिन्छ ।

खानपानमा अघिल्लो दिन पकाइएको बासी भात, दही, तरुवा, बरीजस्ता परिकार खाने परम्परा छ । कुलदेवतालाई यिनै परिकार चढाइने तथा चिल र स्याललाई समेत नैवेद्य दिने चलन रहिआएको छ ।

विक्रम संवत्को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुई दिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतल पर्वको मुख्य विधि सम्पन्न गरिँदै छ। जुडशीतलले सामाजिक सद्भाव, पारिवारिक एकता र प्रकृतिसँगको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्