विद्यालय र विश्वविद्यालयमा संगठन खारेजप्रति आ–आफ्नै तर्कगर्छन विद्यार्थी

<span class='c1'>विद्यालय र विश्वविद्यालयमा संगठन</span> <span class='c2'>खारेजप्रति आ–आफ्नै तर्कगर्छन विद्यार्थी</span>

स्वस्तिका भट्टराई
विराटनगर । विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठनको संचरना हटाउने सरकारको निर्णयप्रति विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले आलोचना गर्दै आएका छन् । सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी बुँदा नं. ८६ मा विद्यालय विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल गठन गर्ने विषय उल्लेख छ ।

सरकारको यो निर्णयमा विश्वविद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुको आ–आफ्नै धारणा छन् । विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विद्यार्थी संगठन हुनुपर्ने माग गर्ने र नहुँदा पनि हुन्छ भन्ने विद्यार्थीको संख्या उस्तै देखिन्छ । क्याम्पसमा अध्यानरत विद्यार्थीहरुको भिन्न भिन्न धारणा रहेको छ। केहीको विद्यार्थी राजनीति आवस्यक छ र विद्यार्थीको हितमा रहेकाले यो एकदमै नराम्रो निर्णय हुनसक्छ भन्ने भनाई छ भने केहिको यो एकदमै राम्रो निर्णय हो, पढाईमा राजनीतिकरण हुनु हुदैन भन्ने भनाई छ।

सुकुना बहुमुखी क्याम्पसमा बिबिएस पहिलो बर्षमा पढ्दै आएका अनिमेष कटुवाल भन्छन, “ सरकारको यो कदम एकदमै राम्रो कदम हो, किनभने बिद्यार्थीहरु कलेज कुनै पनि पोलिटिकल पार्टी तथा संगठन चलाउन र हाक्न गएका हैनन्। उनीहरु पढ्नका लागि कलेज गएका हुन्।” उनि थप्छन, “म पनि एउटा बिद्यार्थी भएको नाताले मलाई लाग्छ, कलेजमा पढाई हुनुपर्छ पढाईमा राजनीति मिसिएको हुनु हुदैन, क्याम्पस तथा कलेज भनेको बिद्यार्थी पढ्ने ठाउँ हो।” क्याम्पसमा राजनीति र राजनीतिको प्रभाव हुनाले विद्यार्थीहरुमा आक्रोस र द्वेषको भावनाहको विकाश हुन्छ भन्ने ऊनको बुझाई छ। उनि थप्छन, “धेरैलाई लग्न सक्छ बिद्यार्थी जीवनमा राजनीतिमा आवद्द हुनाले बोल्ने बानीको विकाश हुन्छ। बिद्यार्थीको व्यक्तित्व वृद्धि हुन्छ तर वास्तवमा त्यो एकदमै गलत हो। कलेज तथा विश्वविद्यालयमा राजनीति हुनु हुदैन र पढाईलाई राज्नितिकारण गरिनु हुदैन।”

ग्रिन पिस लिंग्कन कलेज, इटहरीमा बिबिए तेस्रो सेमेस्टरमा पढ्दै आएकी रोशनी कटुवाल सरकारको यो कार्ययोजना गलत रहेको बताउँछिन् । “मेरो बिचारमा कलेज तथा विश्व विद्यालयमा बिद्यार्थी राजनीति छ भने, त्यसमा आवद्द बिद्यार्थीहरुमा तर्क गर्ने क्षमताको वृद्धि हुन्छ। साथसाथै कुनै पनि अप्ठ्यारो परिस्थितिमा पनि संयमताका साथ निर्णय गर्न र समुहमा काम गर्ने बानीको विकाश हुन्छ।” विद्यार्थीले पढाईलाई पहिलो प्राथमिकता भने दिनु जरुरि भएको उनको बुझाई छ। साथै भविष्यमा राजनीतिमा आवद्द हुन चाहने बिध्यार्थिका लागि राजनीति सिक्ने सुनौलो अवसर बिद्यार्थी राजनीति रहेको उनको भनाई छ। किताबबाट बाहिर निस्केर वास्तविक संसारमा चलिरहेका वास्तविक समस्याहरु बुझ्न र समस्याका समाधान सिक्ने वातावरण बिद्यार्थी राजनीतिले प्रदान गर्ने उनको बुझाई छ।

“राजनीति भनेको विद्यार्थीको लागि हुँदै होइन । अहिलेको समयमा विभिन्न बिद्यार्थी संगठनको नाममा विभिन्न गतिबिधि हुदै आइरहेको छ र यो एकदमै गलत हो । राजनीतिमा आवद्द भैसकेपछि विद्यार्थीले विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्छ र त्यसमा सहभागी हुनुपर्छ। त्यसले बिद्यार्थीलाई कुनै पनि फाइदा हुदैन केवल नेताहरुको मात्र फाइदा हुन्छ।” बाल्मिकी लिंग्कन कलेज, बिर्तामोडमा बिआइटि प्रथम सेमेस्टरमा पढ्दै आएका ह्रिदेश भट्टराई भन्छन। राजनीतिमा चासो राख्ने र भविश्यमा राजनीतिज्ञ बन्न चाहने विद्यार्थीहरुलाई राजनीति सम्बन्धि बिषयहरु उपलब्ध रहेका छन्। तर अहिले विश्वविद्यालय र कलेजहरुमा बिद्यार्थी राजनीतिको नाममा विद्यार्थीहरु नेताहरुको एउटा पिउसोको रुपमा प्रयोग भैरहको र नराम्रो कामहरुमा समेत आवद्द भैरहेको उनको भनाई छ। उनका अनुसार अब आउने विद्यार्थी हरुलाई नागरिक चेतना भन्दा पनि नेतागिरी कसरि गर्ने भन्ने तिर राजनीतिले केन्द्रित गरिरहेको छ। उनि भन्छन, “बिद्यार्थी हकहितका लागि एउटा विद्यार्थी युनियन चाहिएला तर यदि बिद्यार्थीहरु राजनीतिमा लाग्नुको सट्टा पढाईतर्फ आफ्नो ध्यान केन्द्रित गरेमा आफ्नो चौतर्फी विकास हुनसक्छ ।”

राजनीतिले विद्यार्थीहरुमा तँ यो पार्टीको र म यो पार्टीको भन्ने भावना उत्पन्न गराउने हुन्छ। जसरी कलेजमा मेलमिलापको वातावरण हुनुपर्ने हो, त्यसको ठिक बिपरित भेदभाव सिर्जना हुने र बराबर अवसर प्राप्त नहुने आवस्था सिर्जना हुन्छ भन्ने उनको भनाई छ। उनि भन्छन, “हुनसक्छ जो पदमा छ, उसका लागि अगाडीका बाटाहरु खुल्लान तर जो उसको पछि छ, उनीहरुको कुनै पनि फाइदा हुदैन र पढाईमा समेत असर पर्न सक्छ।” बेलैदेखि र्याली र नाराबाजीतर्फ जानाले विद्यार्थीको नागरिक चेतनामा त प्रभाव पर्छ–पर्छ, साथसाथै आफ्नो अधिकार समेत बिर्सेर बिद्यार्थीहरु अर्काको स्वार्थ परिपूर्ति गर्ने कार्यमा संलग्न हुन्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्