विराटनगर । विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचारपछि रकम अभावका कारण घर जान नपाएका शिव सदाको खर्च उद्योगी अरुण चौधरीले गरिदिएका छन् । सिजी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका अध्यक्ष चौधरीले उपचार खर्च वापतको एक लाख तिरेपछि सदा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका सदाले २७ चैतमा विष सेवन गरेपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो । कोशी अस्पतालबाट उनलाइ २८ चैतमा विराटनगरकै विराट निदान अस्पताल पुर्याइएको थियो । त्यसपछि भर्ना गरेर उपचारबाट उनले स्वास्थ्य लाभ लिएपनि खर्च नहुँदा बैशाख १ गतेबाट उनी अस्पतालमा रहेका थिए । सञ्चार माध्यममा शुक्रबार समाचार प्रकाशित भएपछि उनको उपचार खर्च जुटेको बताइएको छ ।