मोरङ प्रशासन एक्सनमा, अवैध गतिविधि नियन्त्रण र निगरानी कडा

<span class='c1'>मोरङ प्रशासन एक्सनमा, अवैध गतिविधि</span> <span class='c2'>नियन्त्रण र निगरानी कडा</span>

विराटनगर । सीमावर्ती क्षेत्र रानी–जोगबनी नाकामा हुने अवैध गतिविधि, चोरी–पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न मोरङ प्रशासन कडा रूपमा ‘एक्सन ’ मा उत्रिएको छ। शुक्रबार गरिएको दोस्रो पटकको आकस्मिक अनुगमनका क्रममा प्रशासनले व्यवसायीहरूलाई अन्तिम चेतावनी दिँदै स्पष्ट सन्देश दिएको छ । आइतबारपछि निर्देशन पालना नभए सिधै पसल सिल गरिनेछ।

यसअघि प्रशासनले पसलहरूमा रहेका चोर बाटो तथा अवैध संरचनाहरू हटाउन एक हप्ताको समयसीमा तोकेको थियो। तर, शुक्रबारको अनुगमनमा अधिकांश व्यापारीहरूले उक्त निर्देशनको पूर्ण पालना नगरेको पाइएको छ। केही व्यापारीहरूले स्थायी समाधानको सट्टा कामचलाउ रूपमा संरचना छोपेर प्रशासनलाई झुक्याउने प्रयास गरेको समेत भेटिएको अनुगमन टोलीले जनाएको छ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कविता कटवाल, र इलाका प्रहरी कार्यालय रानीका इन्चार्ज कबिन राईसहितको उच्चस्तरीय टोली प्रत्यक्ष रूपमा खटिएको थियो। अनुगमनका क्रममा देखिएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै सहायक सिडियो सरोज कोइरालाले कडा रूपमा चेतावनी दिँदै भने, “हामीले सुधारका लागि पर्याप्त समय दिएका थियौँ। तर निर्देशन पालना गर्नुको साटो प्रशासनलाई नै आँखा छल्ने प्रयास भएको देखियो। अब कुनै पनि हालतमा छुट दिइने छैन। आइतबारसम्म सबै अवैध संरचना स्थायी रूपमा बन्द नभए सिधै पसल सिल गरिनेछ।”


रानी–जोगबनी नाका मुलुककै प्रमुख व्यापारिक तथा संवेदनशील सीमावर्ती क्षेत्र भएकाले यहाँ हुने अनधिकृत आयात–निर्यातले राज्यको राजस्वमा ठूलो क्षति पुर्‍याउनुका साथै सुरक्षा चुनौती समेत बढाएको प्रशासनको भनाइ छ। विशेषगरी अवैध बाटोबाट हुने सामान ओसारपसारका कारण भन्सार राजस्वमा गिरावट आउने, आपराधिक गतिविधि बढ्ने तथा अवैध सामग्रीको भण्डारण हुने जोखिम रहेको भन्दै प्रशासनले यसलाई गम्भीर रूपमा लिएको हो। प्रशासनले शुक्रबारको अनुगमनलाई अन्तिम चेतावनीको रूपमा व्याख्या गरेको छ। अब आइतबार हुने अनुगमनमा निर्देशन पालना नभएको पाइएमा सम्बन्धित पसल तत्काल सिल गरिने, प्रचलित कानुन बमोजिम व्यापारीमाथि कडा कानुनी कारबाही गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्