विराटनगरमा किन पक्राउ परे ६ जना विदेशी नागरिक ?

<span class='c1'>विराटनगरमा किन पक्राउ परे ६</span> <span class='c2'>जना विदेशी नागरिक ?</span>

विराटनगर । भिजिट भिषामा नेपाल आएर धर्म प्रचार कार्यक्रम आयोजना गरेको आरोपमा विराटनगरमा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाइ महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा कार्यक्रममा सरिक भईरहेको बेला नियन्त्रणमा लिइएको हो ।
शनिबार ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम गरिरहेका उनीहरूको विषयमा सोधपुछ गर्दा भिजिट भिषामा आएको पाइएपछि अध्यागमन पठाउने तयारी भइरहेको मोरङका प्रहरी प्रमुख कविता कटुवालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी रहेका छन्। उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी रहेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्