विराटनगर महानगरपालिकाको दमकलको अवस्था बुझेपछि मेयरले पाए धन्यवाद

<span class='c1'>विराटनगर महानगरपालिकाको दमकलको अवस्था</span> <span class='c2'>बुझेपछि मेयरले पाए धन्यवाद</span>

विराटनगर । जिल्ला सुरक्षा समन्वय समिति मोरङले आइतबार बिहान विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा आकस्मिक निरीक्षण ग¥यो । विराटनगर–३ मा रहेको बारुणयन्त्र शाखामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला नेतृत्वको टोलि पुगेर निरीक्षण गरेको हो ।

गर्मियामसँगै आगलागीका संभावित घटना हुँदा त्यसलाई नियन्त्रण गर्ने बारुणयन्त्रको अवस्था बारे नियमन गरिएको थियो । स्थानीय सरकारको मातहतमा रहेका बारुणयन्त्र निरीक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व जाँदा जानकारी गराइएको थिएन । तर, विराटनगर महानगरपालिकासँग भएका तीनवटा बारुणयन्त्र ‘रेडी टु गो’ स्थितिमा फेला परेका थिए । त्यति मात्रै नभई बारुणयन्त्र शाखामा कार्यरत फायरमेनदेखि चालकसम्म तयारी स्थितिमा भेटिएको निरीक्षणपछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले धेरै समयपछि यसरी दमकलको अवस्था बारे चासो राखेको छ । मोरङका १७ स्थानीय तहमा अहिलेसम्म १२ वटा आसपास दमकल चालु अवस्था रहेका छन् । त्यसमध्ये विराटनगरमा तीनवटा दमकल चालु स्थितिमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले दमकलको अवस्था जुन स्थितिमा हुनुपर्ने हो, त्यहि अवस्थामा फेला पारिएकोले नगर प्रमुखलाई फोन गरेर धन्यवाद समेत दिइएको बताएका छन् ।

स्थानीय प्रशासनले सबै स्थानीय तहलाई तयारी अवस्थामा दमकल राख्न समेत आग्रह गरेको छ । दमकलको ‘रेडी टु गो’ अवस्था भन्नाले, पानी भरिएको, त्यसका चालक स्ट्याण्ड बाइ रहेको, फायरमेनहरु समेत कार्यालयमै रहेकोलाई भनिन्छ । विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखा चुस्त देखिएकोमा निरीक्षणपछि हामी खुशी छौं, अन्य स्थानीय तहले पनि यस्तै राख्नुहुन आग्रह गर्दछौं, सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्