विराट गोल्डकप फाइनल समान्य वर्षाका कारण स्थगित, रंगशाला व्यवस्थापनमा गम्भीर प्रश्न

<span class='c1'>विराट गोल्डकप फाइनल समान्य वर्षाका कारण</span> <span class='c2'>स्थगित, रंगशाला व्यवस्थापनमा गम्भीर प्रश्न</span>

सोनु साह
विराटनगर । विराटनगरस्थित शहिद रंगशालामा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण शनिबार स्थगित भयो । प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालको प्रमुख अथिति बोलाएर सुरु भएको खेल वर्षा र प्रतिकूल मौसमका कारण आइतबारलाई सारिएको थियो । खेल सुरु भइसकेको अवस्थामा करिब ३० मिनेटको वर्षापछि मैदानमा अत्याधिक पानी जम्दा खेल सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको आयोजकले जनाएको थियो। रेफ्री र प्राविधिक टोलीको सल्लाहमा खेल स्थगित गरिएको हो।

वर्षेनि आयोजना हुँदै आएको प्रतियोगिता भएपनि शहिद रंगशालाको कमजोर व्यवस्थापनका कारण दर्शक र खेलाडीले सास्ती भोग्नुपरेको छ। सामान्य वर्षामै मैदान जलमग्न हुनु, पानी निकासको प्रभावकारी व्यवस्था नहुनु र दर्शकका लागि पर्याप्त छानोको अभाव देखिनु गम्भीर समस्या बनेको छ। फाइनल खेलका लागि आयोजकले सामान्य दिनको तुलनामा टिकट दरसमेत बढाएको थियो। सर्वसाधारणका लागि ३०० रुपैयाँ र भिआइपीतर्फ १००० रुपैयाँ तोकिएको थियो। सयौं दर्शक टिकट काटेर खेल हेर्न पुगेका थिए, तर अचानक वर्षा भएपछि उनीहरू खुला आकाशमुनि भिज्दै खेल हेर्न बाध्य भए।

खेलाडीका लागि ड्रेसिङ रुमको व्यवस्था भएपनि दर्शकका लागि आधारभूत संरचनाको अभाव देखिएको छ। सिमेन्टको प्याराफिट बस्ने र ओत लाग्ने कुनै सुविधा नभएको दर्शकको गुनासो छ। विराट गोल्डकप फुटबल ट्रष्टका महासचिव दिनेश बस्नेतले प्राकृतिक कारणले खेल रोक्नुपरेको बताए। “हामी पूर्ण तयारीमा थियौं, तर मौसमले साथ दिएन। मैदानमा पानी जमेको र चट्याङको जोखिमका कारण खेल सञ्चालन सम्भव भएन,” उनले भने।


टिकट व्यवस्थापनमा पनि केही गुनासो आएका छन्। दर्शकबाट व्यक्तिगत इसेवा खातामा रकम लिएको विषयमा बस्नेतले संस्थाको आधिकारिक डिजिटल भुक्तानी व्यवस्था नभएकाले सहजताका लागि व्यक्तिगत खाता प्रयोग गरिएको स्पष्ट पारे। आयोजक समितिले प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेको छ भने स्थानिय सरकारले भने सहयोग गरेको बताइएको छ। समितिका अनुसार यस्तै अवस्था रहिरहे आगामी वर्ष प्रतियोगिता आयोजना गर्नै कठिन हुन सक्छ।

शहिद रंगशाला जिल्ला खेलकुद समितीको मातहतमा रहे पनि सरसफाइ र पूर्वाधार व्यवस्थापन कमजोर देखिएको छ। पानी निकासका लागि बनाइएका नालासमेत प्रभावकारी नभएको पाइएको छ। खेल क्षेत्रको विकासका लागि पटक–पटक आवाज उठे पनि सरोकारवाला निकायको ध्यान नपुग्दा विराटनगरजस्तो शहर खेल पूर्वाधारमा पछि परेको देखिन्छ। अब सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। आज आईतवार बेलुका ७ बजे फाईनल खेल हुदैछ । हिजो दर्शकले टिकट काटेर समेत वर्षाका कारण खेल हुन नसकेको हुदा आजको फाईनल खेल निशुल्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्