मोरङमा सीमा कडाई भएपछि छोटी भन्सारको माग

<span class='c1'>मोरङमा सीमा कडाई भएपछि</span> <span class='c2'>छोटी भन्सारको माग</span>

विराटनगर । मोरङमा अहिले साना तथा झोलेपोके व्यापारीलाई सामान ल्याउन धेरै सहज छैन । मुख्य भन्सार नाका रानीमा अवस्था हेरेर कडाई र खुकुलो गर्ने गरिएको छ । सीमापार जोगबनी पुगेर सामान ल्याउनेहरुमाथि कहिले कडाई र कहिले खुकुलो हुँदै आएको छ । तर, जिल्लाका अन्य क्षेत्रमा समेत केहि कडाई गरिएपछि भने सीमा क्षेत्रका नागरिकले छोटी भन्सारको माग गरेका छन् ।

मोरङमा सीमा क्षेत्रका नागरिकले छोटी भन्सार पुर्नस्थापना गर्नुपर्ने माग स्थानीय प्रशासनसँग गरेका हुन् । सीमा क्षेत्रको अवस्था बुझ्न स्थानीय प्रशासनले गरिरहेको अनुगमनका क्रममा नागरिकले छोटी भन्सार नहुँदा सानो व्यापार चलाउन मुस्किल परेको बताएका हुन् । व्यापार सहजीकरणका लागि मुख्य भन्सार बिन्दु प्रयोग गर्ने नीति अनुसार छोटी भन्सारहरु क्रमशः बन्द हुँदै गएका छन् । तर, मुख्य भन्सारसँगको पहुँच सहज नहुँदा छोटी भन्सारबाट सामान भित्र्याएर व्यापार गर्दै आएका जिल्लाका पूर्व–दक्षिणतर्फका स्थानीय तहका नागरिकलाई असहज भएको गुनासो गरेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छोटी भन्सार हटेपछि राज्यको उपस्थिति कमजोर भएको गुनासो नागरिकले गरेको बताएका छन् । उनका अनुसार मोरङमा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्रका सबै नागरिक मुख्य भन्सार बिन्दुसँग नजिक नरहेकोले गुनासो आउनु स्वभाविक छ । तर, स्थानीय सरकारको सहज पहुँचमा भएका नागरिकले राज्यको पहुँच नभएको गुनासो गर्नुमा व्यापार गर्न असहज भएकोले हुनसक्ने अनुमान गरिएको छ । विराटनगरदेखि पूर्व–दक्षिण पर्ने जहदा, धनपालथान, कटहरी गाउँपालिका र रंगेली, सुनवर्षी तथा रतुवामाई नगरपालिकाका छन् । सानो व्यापार गर्नका लागि ठूलो परिमाणमा सामान भित्र्याउन नसक्ने, दैनिक उपभोगका सामाग्री ल्याउन समेत सीमा कडाईपछि समस्या परेको सीमा क्षेत्रका नागरिकमा चिन्ता बढेको हो ।

मोरङका ९ वटामध्ये हाल एउटा मात्रै छोटी भन्सार सञ्चालनमा रहेको छ । त्यो धनपालथान गाउँपालिका २ को मायागञ्ज छोटी भन्सार हो । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार छोटी भन्सार राजश्व बृद्धि गर्ने भन्दा खर्च बढाउने कार्यालय भएकाले बन्द भएकाले अब सञ्चालनमा आउने संभावना न्यून छ । स्थानीय व्यापारका लागि सहजीकरण गर्ने भनिएपनि भारततर्फ छोटी भन्सारका लागि आवश्यक पर्ने उस्तै प्रकृतिको संरचना नहुँदा त्यसलाई कार्यन्वयन गर्न नसकिने स्थितिमा पुगिएको उनको भनाई छ । नेपालतर्फ मात्रै सञ्चालित छोटी भन्सारको राजश्व न्यून छ, संकलन भएको राजस्व भन्दा प्रशासनिक खर्च बढी हुने गरेको छ ।

धनपालथान–२ को मायागञ्ज बाहेक रंगेली र सुनवर्षीको डाइनिया छोटी भन्सार तीनवर्ष अगाडीसम्म सञ्चालनमा थियो । जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेको तरिगामा, रतुवामाई नगरपालिकास्थित बरडंगाको चुनिबारी, चौकीघाट छोटी भन्सर २०५३ सालदेखि बन्द छन् । प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपिँयासम्मको सामान ल्याउँदा छोटी भन्सारले राजश्व संकलन गर्दछ । त्यसभन्दा माथिको सामान ल्याउँदा मुख्य भन्सार कार्यालयबाट जाँचपास गर्नुपर्ने हुन्छ । भन्सार प्रमुख श्रेष्ठका अनुसार भन्सार प्रणाली नै अनलाइनमा रुपान्तरण भइसकेकोले यी सबै संरचना तयार पारेर छोटी भन्सार व्यवस्थापनको संभावना छैन, यदि भएपनि भारततर्फ यसका लागि उस्तै प्रकारको संरचना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्