नेपाली जुत्ता विश्व बजारतर्फ: म्याजिक फुटवेयरको आक्रामक विस्तार

<span class='c1'>नेपाली जुत्ता विश्व बजारतर्फ:</span> <span class='c2'>म्याजिक फुटवेयरको आक्रामक विस्तार</span>

विराटनगर बैशाख ७ ,

नेपालको जुत्ता उद्योग अहिले चुपचाप तर शक्तिशाली परिवर्तनको चरणमा छ। कहिल्यै एकछत्र राज गरेको गोल्डस्टर शुज नेपाल अब प्रतिस्पर्धाको चापमा पर्दै गएको छ भने नयाँ खेलाडी म्याजिक फुटवेयरले बजारमा तहल्का मच्चाएको छ।
एक समय गोल्डस्टरले एक्लै झन्डै १०० करोड रुपैयाँ बराबरको जुत्ता निर्यात गर्दै नेपाली ब्रान्डको पहिचान अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेको थियो। तर भारतबाट बढ्दो प्रतिस्पर्धाले अहिले यसको निर्यात आधा घटेर करिब ५० करोडमा सीमित भएको छ।
तर यही खाली ठाउँ समाउँदै म्याजिक फुटवेयरले आश्चर्यजनक फड्को मारेको छ। पछिल्ला २–३ वर्षमा निर्यात क्षेत्रमा आक्रामक रूपमा अघि बढेको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १४८ करोड रुपैयाँ बराबरको जुत्ता निर्यात गर्दै देशकै नम्बर १ फुटवेयर कम्पनी बन्न सफल भएको छ।
कम्पनीका निर्देशक राजेश बगाडियाले अझ ठूलो लक्ष्य अघि सारेका छन्। उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढी निर्यात गर्ने योजना छ। “हामीले अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना देखेका छौं,” उनले बताए।

म्याजिक फुटवेयरले मात्र हाल करिब १,७०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। यसले देखाउँछ, जुत्ता उद्योग केवल व्यापार होइन, रोजगारी सिर्जना गर्ने बलियो माध्यम पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्