मोरङमा लागूऔषधसहित युवक पक्राउ, प्रहरीद्वारा हवाई फायर

<span class='c1'>मोरङमा लागूऔषधसहित युवक पक्राउ,</span> <span class='c2'>प्रहरीद्वारा हवाई फायर</span>

विराटनगर। मोरङमा लागु औषध तस्करी गरिरहेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार मोरङको रतुवामाइ नगरपालिकामा सोमबार राति लागु औषध तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो ।

भारतबाट लागु औषध भित्रिँदै गरेको सूचनासंगै प्रहरीले नगरपालिकाको वडा नम्बर १ हटियामा राति करिब साढे आठ बजे हवाई फायर गर्नु परेको उनले बताए । उनका अनुसार भारतीय नम्बर प्लेट बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार स्थानीय वडा सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

प्रहरी देखेपछि भागेका मियाँलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको उनको भनाइ छ । उनका अनुसार मियाँका साथबाट पाँच पोका ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद भएको छ ।

मियाँलाई पक्राउ गर्ने क्रममा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाइ फायर गरेको उनले बताए । पक्राउ परेका मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्