विराटनगरको नहर अतिक्रमण हटाउन ३५ दिनको अल्टिमेटम

<span class='c1'>विराटनगरको नहर अतिक्रमण हटाउन</span> <span class='c2'>३५ दिनको अल्टिमेटम</span>

विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजनाले नहर क्षेत्र अतिक्रमण तथा प्रदूषण रोक्न कडा कदम चाल्दै ३५ दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले जारी गरेको सूचनाअनुसार चतरा मूल नहर, दुहबी–सुनसरी सबमाइनर, विभिन्न शाखा तथा माइनर नहर आसपासका क्षेत्रमा अनधिकृत रूपमा घरटहरा तथा संरचना निर्माण गरी नहर क्षेत्र अतिक्रमण गरिएको पाइएको छ। साथै नहरमा फोहोर तथा दूषित पानी मिसाउने कार्य बढ्दै गएपछि सिंचाइ प्रणालीमा प्रत्यक्ष असर परेको आयोजनाको भनाइ छ।

सूचनामा उल्लेख गरिएअनुसार यस्ता अतिक्रमित घरटहरा तथा संरचना सम्बन्धित व्यक्तिले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आफैं हटाउनुपर्नेछ। तोकिएको अवधिभित्र नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने र कार्यलायले नै हटाउने चेतावनी दिइएको छ।


त्यसैगरी, नहर क्षेत्रमा फोहोर फाल्ने तथा दूषित पानी मिसाउने कार्य तत्काल रोक्न आग्रह गरिएको छ। अटेर गरे कानुनी कारबाही हुने आयोजनाले स्पष्ट पारेको छ।


आयोजनाले टेढुबगैंचा क्षेत्रसहित विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आएका बस्तीहरूलाई समेत तोकिएको समयभित्र स्थान खाली गर्न निर्देशन दिएको छ। सुचना २०८२ चैत २४ गते जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्