विराटनगरमा गर्मी, प्यास मेटाउन मूल्य बढ्यो पानी

<span class='c1'>विराटनगरमा गर्मी, प्यास मेटाउन</span> <span class='c2'>मूल्य बढ्यो पानी</span>

विराटनगर । इन्धनको अत्याधिक मूल्य बृद्धि र कच्चा पदार्थ समेतको अभाव देखाउँदै पीउने पानीको मूल्य बृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पीउने पानीमा अन्तर्राष्ट्रिय परिस्थिति हावी हुँदा पानी उद्योगीले मूल्य बृद्धि गर्न बाध्य हुनु परेको छ । प्रशोधित सुद्ध पीउने पानी संघ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत बृद्धि भएको छ । यहिबेला पेट्रोल र डिजेलको मूल्य अत्याधिक हुँदा ढुवानी लागत समेत बढेको छ । जसको असर गर्मीमा नागरिकले घाँटी भिजाउने पानीमा परेको हो ।

अध्यक्ष थापाका अनुसार पहिले बोतलको पानी प्रतिकार्टुन १२० देखि १३० रुपिँयासम्म उत्पादन लागत थियो । अहिले लागत बढेर १४५ रुपिँया पुगेको छ । त्यो भएर संघले १६० देखि १८० रुपिँया प्रतिकार्टुन पानी बिक्री गर्ने गरी निर्णय गरेको छ । तर, १८० रुपिँया प्रतिकार्टुन भन्दा माथि कसैले पनि बिक्री गर्न पाउने छैनन् । उद्योगले ढुवानीलगायतका सबै हिसाबको मूल्य समायोजन गरेर बिक्री गर्ने पानी खुद्रामा अझै मूल्य बढ्नसक्छ । अध्यक्ष थापाका अनुसार खुद्रा बिक्रेताले चिसो बनाएर मूल्य लिनसक्छ ।

त्यस्तै जारको पानी पहिले उपत्यका बाहिर ६० रुपिँया र उपत्यका भित्र ४७ रुपिँया थियो । तर, जारको पानी भने ३०, ४० र ५० उद्योग अनुसार फरक–फरक मूल्य रहेको थियो । पछिल्लो समय खाद्य प्रविधि तथा गुणनियन्त्रक विभाग अन्तर्गतका निकायले गुणस्तरमा कडाई गरेपछि ४० देखि ५० रुपिँया कायम भएको थियो । कडाईसँगै मोरङमा झण्डै २१ वटा उद्योग त मापदण्ड पालना गर्न नसकेकै कारण बन्द समेत भइरहेका छन् । अहिले बढेको मूल्यमा ५० देखि ६० रुपिँयासम्म पुगेको छ । यो थोक मूल्य हो । खुद्रा बिक्री गर्दा केहि बढ्नसक्ने अध्यक्ष थापाको भनाई छ ।

मोरङमा अहिले ४३ वटा पानी उद्योग रहेका छन् । जसमा जार र कार्टुन (बोतल)को पानी उत्पादन गर्ने २१ उद्योग रहेका छन् । बाँकी २२ उद्योगले जारमा पानी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मोरङमा ६१ वटा उद्योग दर्ता भएपनि अहिले ४३ वटा मात्रै सञ्चालनमा देखिन्छन् । प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरू  नेपाल पानी उद्योग महासंघले नै आग्रह गरेको थियो ।

अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि मूल्य वृद्धिको कारक मानिएको छ । विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धले अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको उद्योगीहरुको भनाई छ । हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको दावी छ । यी उद्योगमा ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गरेर राष्ट्रिय अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यो क्षेत्र हालको लागत वृद्धिले गर्दा धाराशायी हुने अवस्थामा पुगेको बताइन्छ । त्यहि भएर पानीको मूल्य बाध्यतात्मक अवस्थामा बढाउनु परेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्