कोशी अस्पतालमा नयाँ समय कार्यान्वयन, सेवामा सुधार देखिन थाल्यो

<span class='c1'>कोशी अस्पतालमा नयाँ समय कार्यान्वयन,</span> <span class='c2'>सेवामा सुधार देखिन थाल्यो</span>

सोनु साह
विराटनगर । कोशी अस्पताल प्रशासनले संघीय सरकारको निर्णय कार्यान्वयन गर्दै अस्पतालको सेवा समय परिवर्तन गरेको छ। नयाँ समय तालिका लागू भएसँगै कर्मचारी तथा चिकित्सक समयमै उपस्थित हुन थालेका छन् भने बिरामी सेवामा पनि सुधार देखिन थालेको छ।

विगतमा अस्पतालमा कर्मचारी र चिकित्सक समयमै नआउने गुनासो दैनिकजसो आउने गरेको थियो। जसका कारण बिरामीहरू घण्टौं अलपत्र पर्नुपर्ने अवस्था थियो। तर अहिले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरिएपछि अस्पतालमा पनि कडाइका साथ कार्यान्वयन सुरु गरिएको छ।

अस्पताल प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार नयाँ व्यवस्थापछि सेवा प्रवाह व्यवस्थित बन्दै गएको छ। उनका अनुसार ओपीडी सेवा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र ४ बजेसम्म बिलिङ कार्य गरिनेछ। चिकित्सकहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नियमित रूपमा बिरामी जाँच गर्ने व्यवस्था मिलाइएको छ।

त्यसैगरी प्रयोगशाला सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म नमूना संकलन गरिने र ५ बजेसम्म रिपोर्ट उपलब्ध गराइने व्यवस्था गरिएको छ। ओपीडीमार्फत दिइने नियमित खोप सेवा भने साप्ताहिक बिदाको दिन पनि बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।

अस्पतालले आपतकालीन सेवा, प्रसूति केन्द्र तथा प्रयोगशाला जस्ता विभागहरू २४सै घण्टा सञ्चालनमा रहने र चिकित्सकको उपलब्धता सुनिश्चित गरिएको जानकारी दिएको छ। प्रमुख न्यौपानेले खाजा समय बाहेक चिकित्सकहरू आफ्नो कक्षमै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको बताउँदै कुनै पनि कर्मचारीले काममा लापरवाही गरे प्रशासनमा गुनासो गर्न आग्रह गरेका छन्। उनले अस्पतालको सेवा सुधार सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नागरिक र कर्मचारीको सहकार्यबाट मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्