कोशीमा लागू औषधसहित १४ पक्राउ, प्रहरी सक्रियता बढ्दो

<span class='c1'>कोशीमा लागू औषधसहित १४</span> <span class='c2'>पक्राउ, प्रहरी सक्रियता बढ्दो</span>

विराटनगर । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ मा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–१० का राजु कुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाईली र बिर्तामोड–३ का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यस्तै बिर्तामोड–४ का रोहित शर्मा र दीपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम तथा मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।

यस्तै, भद्रपुर–५ का कञ्चन राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ भने प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका–३ का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। साथै, प्रहरी चौकी धरमपुरले शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ।

मोरङको विराटनगर महानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बेलबारी–४ का मनकुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–४ मा अस्थायी प्रहरी चौकी बसपार्कले इनरुवा–७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

इलामको सूर्योदय नगरपालिका–११ बाट प्रहरीले विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्