विराटनगरको गर्मीमा ५ युवाको लगानीमा ‘गोटी सोडा’ संचालनमा

<span class='c1'>विराटनगरको गर्मीमा ५ युवाको</span> <span class='c2'>लगानीमा ‘गोटी सोडा’ संचालनमा</span>

प्रेम देवान
विराटनगर ।
वैदेशकि रोजगारीको लामो अनुभव र विदेश जाने तयारीमा रहेका युवाहरूको समूहले विराटनगरमा व्यवसाय सुरु गरेका छन् । काठमान्डौँ , विर्तामोड , ईटहरी र विराटनगर सहितका पाँच जना युवाले ३० लाख रुपैयाँको लगानीमा ‘गोटी सोडा’ सञ्चालनमा ल्याएका हुन् ।


विराटनगर–७ मा मात्रिका गल्ली (गोल्छा रोड) मा यस व्यवसायका सञ्चालकहरूमा जनककुमार श्रेष्ठ, अनुप गजुरेल, दीपेन्द्र खुलाल, सन्देश बस्नेत र उमेश तिवारी रहेका छन् । तीमध्ये जनक र दीपेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा दुई दशक विदेशमा बिताएर फर्किएका हुन् । अन्य तीन सञ्चालक वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा रहेका बेला उनीहरूलाई स्वदेशमै रोकेर सामूहिक लगानीमा व्यवसाय सुरु गरिएको सञ्चालक श्रेष्ठले बताए । उनीहरुले ‘गर्मी ठाउँ, सोडा खाउँ ठाउँ को ठाउँ’ भन्ने नाराका साथ सोडा पानी छानि छानी नारा दिएका छन् ।


‘लामो समय विदेशमा पसिना बगाएपछि आफ्नै भूममिा केही गरौँ र थप केहीलाई रोजगारी सर्जिना गरौँ भन्ने उद्देश्यले यो व्यवसाय थालेका हौँ,’ श्रेष्ठले भने, ‘विदेश जान ठिक्क परेका साथीहरूलाई पनि यतै केही सम्भावना छ भनेर कन्भन्सि ग¥यौँ ।’ श्रेष्ठले आफ्ना विदेशमा रहेका साथीहरुलाई पनि स्वदेशमै व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्न आग्रह गरेका छन् ।


सोडा हाउसमा अहिले १० वटा फरक फरक स्वाद (फ्लेवर) उपलब्ध छन् । तीमध्ये ग्यास्ट्रिक, ह्याङओभर र क्लब सोडा विशेष रहेको सञ्चालकहरूको दाबी छ । अर्का सञ्चालक अनुप गजुरेलका अनुसार क्लब सोडालाई सोडाको राजा मानिन्छ र यसैलाई रिमिक्सि गरेर ग्यास्ट्रकि र ह्याङओभर सोडा बनाइने गरिएको छ ।
‘बजारमा चिसो पेय पदार्थका रूपमा विदेशी उत्पादनको वर्चस्व छ, तर हामीले स्वदेशी उत्पादन र स्थानीय स्वादलाई प्राथमकिता दिएका छौँ,’ गजुरेलले भने, ‘हाम्रो ग्यास्ट्रिक सोडा नयिमति एक साता सेवन गर्दा यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उपभोक्ताको अनुभव छ ।’


यो समूहले व्यवसायलाई विराटनगरमा मात्र सीमति नराखी प्रदेशका अन्य सहरहरूमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी एक वर्षभित्र इटहरी, धरान, दमक, बिर्तामोड र काकडभिट्टामा शाखाहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालकहरूले जानकारी दिएका छन् । हाल विराटनगरको मात्रिका गल्लीमा मुख्य कार्यालयको छ भने महेन्द्र चोक स्थित हिमालय रोडमा यसको शाखा सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्