कोशी प्रहरी अभियान तीव्र, ब्राउन सुगरसहित ६ जना पक्राउ

<span class='c1'>कोशी प्रहरी अभियान तीव्र, ब्राउन</span> <span class='c2'>सुगरसहित ६ जना पक्राउ</span>

विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक साजन माझी र पछाडि सवार बिक्रम चौधरीलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाले धरान उपमहानगरपालिका–१७ की लक्ष्मी राईलाई ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

सुनसरीको इनरुवा नगरपालिका–४ बाट दुहवी नगरपालिका–९ का मो. साविर मियालाई २ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनकुटा नगरपालिका–७ बाट यमबहादुर भण्डारीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का अस्मिन तामाङलाई ३४ चक्की प्रतिबन्धित औषधी सहित इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यलायले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्