विराटनगरमा अवैध स्पा र मसाज सेन्टर सञ्चालन गर्ने ८ जना विरुद्ध मुद्दा दर्ता

<span class='c1'>विराटनगरमा अवैध स्पा र मसाज सेन्टर सञ्चालन</span> <span class='c2'>गर्ने ८ जना विरुद्ध मुद्दा दर्ता</span>

विराटनगर । विराटनगरका विभिन्न स्थानमा स्पा तथा मसाज सेन्टरको आवरणमा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा ८ जना सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सञ्चालन गरेको विशेष स्विप अप्रेसनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१३, १४ र १५ नम्बर वडामा रहेका विभिन्न स्पा सेन्टरहरूमा छड्के अनुगमन गर्दा शंकास्पद अवस्थामा व्यक्तिहरू फेला परेका थिए। अनुसन्धानका क्रममा तीमध्ये ८ जना सञ्चालकले मापदण्ड विपरीत स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पुष्टि भएपछि आइतबार उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पक्राउ परेका सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा केही स्थानमा यौनजन्य गतिविधि र बालबालिकाको समेत प्रयोग भएको आशंका भेटिएपछि सञ्चालकहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका बाँकी व्यक्तिहरूलाई सम्झाइ–बुझाइ गरी छाडिएको छ। साथै, मसाज सेन्टरमा कार्यरत व्यक्तिहरूलाई अनिवार्य रूपमा परिचयपत्र प्रयोग गर्न तथा तोकिएका मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।
पछिल्लो समय विराटनगरका सीमावर्ती क्षेत्र तथा मुख्य बजार क्षेत्रमा सञ्चालनमा रहेका केही स्पा तथा मसाज सेन्टरहरूमा अनियमितता बढेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए। सोही गुनासोका आधारमा प्रहरीले शनिबार एकैपटक ३० भन्दा बढी स्थानमा अनुगमन गरेको हो। प्रहरीका अनुसार रोडशेष दक्षिण मलायरोड आसपासका क्षेत्रमा सञ्चालनमा रहेका केही स्पा तथा मसाज सेन्टरहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्