विराटनगरमा ओभरलोडेड मालवाहक सवारीलाई धमाधम कारवाही

<span class='c1'>विराटनगरमा ओभरलोडेड मालवाहक</span> <span class='c2'>सवारीलाई धमाधम कारवाही</span>

विराटनगर । विराटनगरमा ओभरलोड मालवाहक सवारी धमाधम कारवाहीमा पर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी वजन बोकेर भन्सारबाट नेपाल प्रवेश गरेका मालवहाक सवारीलाई धमाधम कारवाही गर्न थालेको हो ।

यातायात व्यवस्था विभागले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि बढी भारवहन भएका सवारीलाई कारवाही गर्न परिपत्र गरेको छ । त्यसका आधारमा अहिले धमाधम सवारीहरु पक्राउ गर्न थालेका छन् । आइतबार साँझ भन्सार बिन्दुबाट औद्योगिक कच्चा बोकेर कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक करिडोरका लागि छुटेको एउटा भारतीय मालवाहक सवारीलाई प्रहरीले नियन्त्रण लिएको थियो । उक्त सवारीको ५५ टन क्षमता देखिएपछि ८१ टन बोकेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपानका अनुसार उक्त गाडीलाई नियन्त्रणमा लिएर यातायात कार्यालय विराटनगरमा कारवाहीका लागि सिफारिस गरिएको हो । सोमबार समेत ट्राफिक प्रहरीले यस्ता सवारीलाई नियन्त्रणमा लिइरहेको जानकारी दिइएको छ । ट्राफिक प्रहरीले बढी लोड भएका सवारीलाई नियन्त्रणमा लिएर कारवाहीका लागि पठाए बमोजिम जरिवाना भराउने कार्य भइरहेको यातायात कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपानेले सोमबार साँझ दिएको जानकारी अनुसार भारतबाट आउने धेरै मालवहाक सवारी ओभरलोडेड हुन्छन् । त्यस बाहेक आइतबार साँझ त ट्याक्टर समेत ओभरलोडेड भेटिएपछि जरिवाना भराइएको छ । यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाई गर्ने परिपत्र गरेपछि त्यसको कार्यान्वयन सुरु भएको हो । नयाँ सरकार आएपछि यो नियम समेत कडाइ गरिएको हो ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष तथा प्रिमियर वायर स्टिल उद्योगका सञ्चालक पवन शारडाले भने एकै पटक यो नियम कार्यन्वयन नगरेको भए राम्रो हुने प्रतिक्रिया जनाएका छन् ।
अर्कोतर्फ मालवहाक सवारीका हकमा समेत यो नियम एकिकृत रुपमा कार्यन्वयन गराउन असहज रहेको सरोकारवालाको भनाई छ । विराटनगर ट्रक यातायात संघका अध्यक्ष संजीव सिग्देलले यो नियम कार्यन्वयन गर्न सहज नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्