एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

<span class='c1'>एनटिसीका सबै २८ दिने प्याकेज</span> <span class='c2'>अब ३० दिन अवधिमा विस्तार</span>

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ । कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो । सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

यस परिवर्तनबाट ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । अब महिनामा एकपटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने कम्पनीको भनाइ छ । साथै, उही मूल्यमा दुई दिन थप सेवा पाउने भएकाले डेटा, भ्वाइस र एसएमएस प्रयोगमा ग्राहकलाई अतिरिक्त सुविधा प्राप्त हुनेछ ।

एनटिसीले यसलाई उपभोक्तामैत्री सुधारको रूपमा प्रस्तुत गरेको छ । यस्तो व्यवस्थाले खर्च व्यवस्थापनलाई सहज बनाउने र ग्राहक सन्तुष्टि बढाउने विश्वास गरिएको छ । साथै, यसले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्