सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

<span class='c1'>सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति</span> <span class='c2'>हर्क राईको आपत्ति</span>

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् ।

आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।
उनले लेखेका छन्, ‘विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न र पुष्टी गर्नु हुँदैन !’

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष हर्कले वर्तमान सामाजिक र राजनीतिक सन्दर्भमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्