विराटनगर। जुनियर जेसिसद्वारा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा बारम्बार देखिने रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले विराट मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा विराटनगर जुनियर जेसिसले स्वैच्छिक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
"इन्गेज, इन्भल्भ, एक्सेल" भन्ने विषय वस्तु अन्तर्गत जुनियर जेसिस विराटनगर अध्यक्ष ओम जोगीको नेतृत्वमा आयोजित कार्यक्रममा युवा स्वयंसेवकहरू स्थानीय बासिन्दाहरू र जेसीजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकहरूले दाताहरूप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले जीवन बचाउने मात्र नभई स्वास्थ्य लाभ र आवश्यकताको बारेमा जागरूकता फैलाउने कुरामा पनि जोड दिए ।