विराटनगरमा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा सुरक्षित आप्रवासन सम्बन्धी</span> <span class='c2'>सचेतना मुलक कार्यक्रम सम्पन्न</span>

विराटनगर । सुरक्षित आप्रवासन सम्बन्धी सूचना परामर्श तथा कानूनी सहायता विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न विराटनगरमा मंगलबार सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) सँगको प्राविधिक सहकार्यमा नव अभियान नेपाल द्वारा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीका क्रममा हुन सक्ने मानव बेचबिखन, ठगी र अन्य जोखिमहरूबारे सरोकारवालाहरूलाई सचेत गराउनु रहेको थियो।

कार्यक्रम सामी मोरङका जिल्ला संयोजक धीरज भट्टराईको प्रमुख आतिथ्यतामा संचालन भएको थियो। साथै कार्यक्रममा गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष, मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष, नव अभियान नेपालका कार्यकारी निर्देशक तथा एकल महिला संघ मोरङका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विराटनगर महानगरपालिका वडा नं। १४ का आमा समूहका सदस्यहरू र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। कार्यक्रममा वैदेशिक रोजगारीमा जान चाहने युवा र उनीहरूका परिवारलाई कानुनी प्रक्रिया, श्रम अधिकार र सम्भावित जोखिमका बारेमा परामर्श दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्