विश्व नृत्य दिवसः विश्वभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै

<span class='c1'>विश्व नृत्य दिवसः विश्वभर</span> <span class='c2'>विभिन्न कार्यक्रमकासाथ मनाइँदै</span>

काठमाडौं । आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाईँदै छ ।

सन् १९८२ मा International Theatre Institute (आईटीआई) को नृत्य समितिले युनेस्कोको सहकार्यमा यस दिवसको सुरुआत गरेको हो। प्रत्येक वर्ष अप्रिल २९ मा यो दिवस मनाइन्छ, जुन आधुनिक ब्यालेका जनक मानिने Jean–Georges Noverre को जन्मदिनको स्मरणमा मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय नृत्य दिवसको मुख्य उद्देश्य नृत्यलाई केवल मनोरञ्जनको माध्यम नभई शिक्षा, स्वास्थ्य, अनुशासन, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्नु हो। यस दिन विश्वभर नृत्य प्रस्तुति, कार्यशाला, सेमिनार, प्रदर्शनी, सम्मान कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गरिन्छ। नेपालमा पनि लोक, शास्त्रीय, आधुनिक, समकालीन तथा विभिन्न जातीय समुदायका मौलिक नृत्यहरूको संरक्षण र प्रवद्र्धनका लागि यो दिवस विशेष रूपमा मनाइन्छ। सांस्कृतिक संस्थाहरू, नृत्य विद्यालय, कलाकार तथा विद्यार्थीहरूले विविध कार्यक्रममार्फत नेपाली नृत्य परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गर्दै आएका छन्। नृत्यले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मविश्वास र सामाजिक सम्बन्धलाई पनि मजबुत बनाउँछ। तनाव कम गर्ने, स्वास्थ्य सुधार गर्ने तथा सकारात्मक ऊर्जा दिने माध्यमका रूपमा पनि नृत्यलाई महत्वपूर्ण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्