विराटनगर । सेन्ट जोसेफ कलेजले सोमबार एसईई दिएर बसेका विद्यार्थीहरूका लागि ‘द ग्रान्ड बाइट ब्याटल’ फुड च्यालेन्ज कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको आत्मविश्वास बढाउन र उनीहरूको क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा स्पिड इटिङ र क्वान्टिटी च्यालेन्ज जस्ता रमाइला प्रतिस्पर्धा समावेश गरिएका थिए। प्रतियोगिताका शीर्ष ५ विजेताहरूलाई आकर्षक पुरस्कारका साथै छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। कलेजका निर्देशक रोहितजंग थापालियाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको भविष्य निर्माणको पहिलो पाइला हो। यो कार्यक्रमले विद्यार्थीहरूलाई एउटै प्लेटफर्ममा मनोरञ्जन, सिकाइ र छात्रवृत्ति जस्ता सुनौलो अवसरहरू प्रदान गरेको छ ।