विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको कलेज अफ ल, विराटनगरमा नयाँ क्याम्पस प्रमुख (डाइरेक्टर) नियुक्त भएका छन्। कलेज प्रशासनका अनुसार दिपक खतिवडालाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।
नवनियुक्त प्रमुख खतिवडा कलेजमा कानुन विषय प्राध्यापन गराउँदै आएका छन् । उनी अनुभवी कानुन व्यवसायी समेत हुन् । उनले मोरङ जिल्ला अदालत तथा विराटनगरस्थित उच्च अदालतमा लामो समयदेखि कानुन व्यवसायीका रूपमा काम गर्दै आएका छन्।
कलेजमा हाल बी ए एल एल बी, एलएलबी तथा एलएलएम तहका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्। नयाँ नेतृत्वसँगै कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ।