विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगर जेसीजद्वारा “टुगेदर फर</span> <span class='c2'>अटिजम” कार्यक्रम सम्पन्न</span>

विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम भएका व्यक्तिहरू पनि समाजका अभिन्न अङ्ग हुन् भन्ने सन्देश प्रवाह गर्दै उनीहरूको अधिकार, सम्मान र समान अवसरको पक्षमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विराटनगर महानगरपालिकाद्वारा सञ्चालित विराटनगर–४ स्थित दुधफारममा रहेको महानगर अटिजम सेवा केन्द्रमा आयोजित कार्यक्रममा अटिजम सम्बन्धी जानकारी, चुनौती र अवसरबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै विराटनगर जेसीजका अध्यक्ष कबिराज दाहालले अटिजमबारे सही बुझाइ समाजमा विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अटिजम भएका व्यक्तिहरूको पुनःस्थापना र समावेशीकरणका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए।


प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले अटिजम सेवा केन्द्र सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अपेक्षित चासो नपाइएको अवस्थामा विराटनगर जेसीजले देखाएको पहल प्रशंसनीय रहेको बताइन्। उनले आगामी दिनमा केन्द्रको विकास र सेवा विस्तारका लागि सबै सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. रोशन पोखरेल, स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, विराटनगर जेसीजका पूर्व अध्यक्षद्वय जेसी श्याम सुन्दर पौडेल ‘मिलन’ र जेसी प्रितेश राज दाहाललगायतको उपस्थिति रहेको थियो। साथै, अटिजम भएका बालबालिका, अभिभावक, सेवा केन्द्रका शिक्षिका तथा जेसीज परिवारको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रमका क्रममा अटिजम भएका बालबालिकालाई उनीहरूकै तस्बिरसहितका कप तथा खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक बन्दना निरौलाले जानकारी दिइन्। विराटनगर जेसीजका जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्