मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

<span class='c1'>मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको</span> <span class='c2'>११५ रोपनी जग्गा व्यवस्थापन चाँडै</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छन् ।

स्वीकृत डिपीआर अनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले वहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १ सय रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डंगोलले कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपीआरबमोजिमको वहाव क्षेत्र कायम गराउने काम महानगरपालिकाको प्राथमिकतामा रहेको बताइन् । उनले भनिन्, ‘नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनु पर्नेछ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनु पर्छ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उनले भने, ‘वस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनु भएका व्यक्तिहरुको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानहरुलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।’ मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर वहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा वहाव परिवर्तन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्