पुरानो विवादीत व्यक्तिको संस्थालाई विराटनगरको फोहोर व्यवस्थापनको जिम्मा

<span class='c1'>पुरानो विवादीत व्यक्तिको संस्थालाई</span> <span class='c2'>विराटनगरको फोहोर व्यवस्थापनको जिम्मा</span>

विराटनगर । पहिल्यै असफल र विवादीत बनिसकेका व्यक्तिको संस्थालाई विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मा दिन खोजेको भन्दै त्यसको जनस्तरबाट विरोध सुरु भएको छ । २०८२ चैत ६ गते सार्वजानिक निजी साझेदारी मोडलमा फोहोर संकलन, ढुवानी, प्रशोधन र बिसर्जनलागि सूचना आह्वान गरिएको थियो । जसको म्याद गत बैशाख ६ गतेसम्म थियो । जसमा एउटा मात्रै बोलपत्र पेश भएको थियो । जसका लागि मापदण्ड पनि पूर्ववत तयार पारिएको आरोप छ ।

नेप्सेम्याक सेवा प्रा.लि. ले मात्रै बोलपत्र पेश गरेपछि त्यसको विगतको रेकर्डको विषयमा चौतर्फी आलोचनासँगै सम्झौता रोक्नुपर्ने माग सुरु भएको छ ।
विगतमा विराटनगरको फोहोरमैला व्यवस्थापनका लागि २०७३ साल जेठदेखि २०७८ बैशाखसम्म वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रा.लि.ले लिएको थियो । उसँग अर्को जोइन्ट कम्पनी पनि थियो । तर, वेष्ट मेनेजमेन्ट अन्तर्गत १५ वटा साझेदार कम्पनी थिए । त्यो विवादित कम्पनीको साझेदारमध्येको नेप्सेम्याक प्रा.लि. नै अहिले फोहोर व्यवस्थापन व्यवस्थापनको नाममा २० वर्षका लागि भित्र्याउने तयारी गरिएको हो ।

यसको विरोध गर्दै विराटनगरका सचेत युवा समूहले सम्झौता प्रक्रिया रोक्नुपर्ने माग गरेका छन् । साथै विराटनगर महानगरपालिका कार्यवाहक नगरप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकिय अधिकृत योगेन्द्र प्रसाद दुलाललाई युवाहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले बुझाएको ध्यानाकर्षणपत्रमा विराटगर महानगरपालिकाले तत्कालिन जेभि कम्पनी वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रा.लि.का संयोजक टिकाराम दाहाललाई प्रकाउ गरि उपस्थिती गराईदिन जिल्ला प्रशासनसँग आग्रह गरेको उल्लेख गरेका छन् । काम नगरेपछि २०७३ माघ १७ गते च.न. २४८८४ (वातावरण शाखा) को पत्रमार्फत जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह गरिएको उल्लेख छ । तर, कम्पनिका संयोजक दाहाल सम्पर्कमा नआएपछि यसका परियोजना प्रमुख देवीप्रसाद आचार्यले २०७४ भदौ ८ गते महानगरपालिकामा पत्र पेश गरेका थिए ।

त्यसबेला काम जिम्मा लिँदाताको बेरुजु अहिलेसम्म पनि फस्र्यौट भएको छैन । २०८२ चैत मसान्तसम्म वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रा.लि. जेभीको नाममा १२ लाख १५ हजार ४५० अझै बेरुजु रहेको छ । उसबेला बदनियतपूर्ण कार्य गरेको कम्पनिको संयोजक र जेभि साझेदारको रुपमा रहेको नेप्सेम्याक कम्पनीका अध्यक्ष टिकाराम दाहाल एकै व्यक्ति भएकोले पनि दिन नमिल्ने युवाहरुले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

त्यति मात्रै नभई वेष्ट मेनेजमेन्ट विरुद्ध २०७८ भदौ ८ गते नरेन्द्रराज सिह कार्कीले मोरङ जिल्ला अदालतमा रिट दायर गरेका थिए । जसमा परियोजना प्रमुख देवि प्रसाद आर्चायलाई पनि प्रतिवादी बनाइएको थियो । यस्थै अर्का घरधनी शुभेक्क्षा सिलवालले समेत २०७८ चैत ९ गते महानगरपालिकामा उजुरी गरेकी थिइन् ।
विवादको पृष्ठभूमि श्रृृंखला भएका व्यक्ति आवद्ध भएको संस्थालाई विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न २० वर्षलाई दिनु नहुने उनीहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्