जथाभावि फोहोर फाल्ने २४ जना लाई विराटनगर महानगरको कारवाही

<span class='c1'>जथाभावि फोहोर फाल्ने २४ जना</span> <span class='c2'>लाई विराटनगर महानगरको कारवाही</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावि फोहोर फाल्ने तथा सहरलाई दुर्गन्धित बनाउने व्यक्ति तथा समूहविरुद्ध कारवाही प्रक्रिया तीव्र पारेको छ। महानगरका अधिकांश वडामा फोहेर व्यवस्थापनमा लापरबाही गर्नेहरूमाथि निगरानी बढाइएको छ। महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै २४ जनाभन्दा बढीलाई कारवाही गरिसकिएको छ भने यो प्रक्रिया अझै जारी रहेको छ। उनले लुकिछिपी बाटो तथा सार्वजनिक स्थानमा फोहर फाल्ने समूहहरूलाई निगरानीमा राखी जरिवाना गरिएको जानकारी दिइन्।

दाहालका अनुसार विद्यालय तथा कलेजहरूले विज्ञापनका कागजात जथाभावि फाल्ने गरेको पाइएपछि उनीहरूलाई समेत जरिवाना गरिएको छ। साथै, केही स्थानमा शौचालयको फोहोर पानी सिधै नालामा मिसाइएको भेटिएको भन्दै त्यसप्रति पनि कडाइ गरिएको उनले बताइन्।

उनले सरसफाइ केवल महानगरको जिम्मेवारी मात्र नभई स्थानीय बासिन्दाको पनि साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक स्थल, सडक र पार्कमा फोहर नगर्न आग्रह गरिन्। “हामी सबै सचेत भइ फोहोर व्यवस्थापनमा सहयोग गर्यौं भने विराटनगरलाई स्वच्छ र सफा सहर बनाउन सकिन्छ,” उनले भनिन्। महानगरको सरसफाइ शाखाले हालसम्म जरिवानाबाट ८९ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्