पूरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाक : गगन थापा

<span class='c1'>पूरानो भनेको खराब र थोत्रो हो भन्ने</span> <span class='c2'>भाष्य गलत र खतरनाक : गगन थापा</span>

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।

उनले भने,‘नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको छ । समाजमा कुनै पनि कुरा जेठो हुनु भनेको अथवा पूरानो हुनु भनेको खराब हो भन्ने छ । पूरानो चाहिं थोत्रो र जे नयाँ छ त्यो असल भन्ने भाष्य हेर्दा सरल लाग्छ तर खतरनाक छ । यसले पूरानोसँग भएको अनुभव हराउँछ । किनकी सिंगो समाजले नै त्यो भाष्य ग्रहण गर्न थाल्यो भने परम्परा वा इतिहासमा अप्ठ्यारो ल्याउँछ ।’त्यस्तै उनले अहिले बाहिरबाट हेर्दा नेपाली कांग्रेस पार्टीको सारा समय नै भित्रको झगडा मिलाउने कुरामा खर्च भएको जस्तो देखिएको बताए । तर कांग्रेसको प्राथमिकता भनेको राष्ट्रप्रति जिम्मेवारी हुनुपर्ने अवस्था आएको बताए ।

सभापति थापाले सरकारको जति जिम्मेवारी हुन्छ त्यति नै प्रतिपक्षको पनि हुने भन्दै प्रतिपक्ष अलिकति चुक्यो भने लोकतन्त्रलाई खतरा हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्