प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो

<span class='c1'>प्रहरी भवनको जग खन्दा</span> <span class='c2'>८६ थान बम भेटियो</span>

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ । जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए ।

भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए । शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो ।

जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन् गरिएको थियो । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्