विराटनगर । लियो जिल्ला परिषद् ३२५ सी नेपालको आयोजनामा नोबेल क्यान्सर हस्पिटल प्रेजेन्ट्स विराटनगर रन २.० (दोस्रो संस्करण) भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर क्यान्सर सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम नोबेल क्यान्सर हस्पिटलको मैदानबाट औपचारिक उद्घाटन गरी नोबेलदेखि शहीद मैदानसम्म करिब ५ किलोमिटर दूरीको रन सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणि पराजुलीको गरिमामय उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, लायन्स इन्टरनेशनल पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन तथा लियो डिस्ट्रिक्ट काउन्सिल चिफ एड्भाइजर इन्द्र खत्री (राजन), सेकेण्ड सेन्चुरी एम्बासडर तथा नोबेल टिचिङ हस्पिटलका सीईओ रामहरि घिमिरे, नोबेल अस्पतालका प्रतिनिधिहरू, लायन्सका अग्रज नेतृत्व, लियोका नेतृत्वकर्ता तथा लियो जिल्ला परिषद्का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




स्वास्थ्य सचेतना तथा सामाजिक सन्देशसँगै मनोरञ्जन र प्रतिस्पर्धात्मक भावनालाई समेत समेट्दै आयोजना गरिएको उक्त कार्यक्रममा रन, आर्म रेस्लिङ प्रतियोगिता तथा ट्राइसाइकल रेस विशेष आकर्षणका रूपमा रहेका थिए । कार्यक्रममा विद्यार्थी तथा खुला गरी दुई विधामा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।
दौड प्रतियोगिताअन्तर्गत विद्यार्थी विधातर्फ रुपेश कुमार माझी प्रथम, रोहन कुमार माझी द्वितीय तथा इन्द्र तुम्सिङ तृतीय हुन सफल हुनुभयो भने अर्चना राजवंशी फर्स्ट वुमन फिनिसर बन्न सफल हुनुभयो । त्यसैगरी खुला विधातर्फ नागेश्वर यादव प्रथम, अमिर लिम्बु द्वितीय तथा सरोज सिंह तृतीय हुनुभयो भने मन्दिरा महतरा फर्स्ट वुमन फिनिसर बन्न सफल हुनुभयो ।
त्यसैगरी ट्राइसाइकल प्रतियोगितातर्फ यमुना कुमार राय प्रथम, रामकुमार सहनी द्वितीय, योगेन्द्र प्रसाद मण्डल तृतीय, चेतनाथ पोखरेल चौथो तथा मोजाहिद इराक पाँचौं हुनुभयो । आर्म रेस्लिङ प्रतियोगितातर्फ राहुल शर्मा प्रथम, प्रोमिस मिश्र द्वितीय तथा पवन बस्नेत तृतीय हुनुभयो ।




उक्त कार्यक्रम नोबेल क्यान्सर हस्पिटलको प्रमुख प्रायोजनमा सम्पन्न भएको हो भने ओली एण्ड एसोसिएट्स, विक्ट्री मसला, शर्मा मेडिकल हल, चुलो थकाली विराटनगर तथा ग्रीन कन्स्ट्रक्सनको समेत महत्वपूर्ण प्रायोजन रहेको थियो ।
लियो जिल्ला परिषद् ३२५ सी नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो लायन मनोज तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य व्यक्त गर्दै लियो सदैव समाजसँग प्रत्यक्ष जोडिने, जनहितमा केन्द्रित र सकारात्मक परिवर्तन ल्याउने अभियानमा अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।
समाजमा स्वास्थ्य सचेतना, सामाजिक एकता र सेवाभावको सन्देश प्रवाह गर्न सफल ‘विराटनगर रन २.०’ लाई सहभागी तथा उपस्थित सबैले अत्यन्त प्रशंसनीय कार्यक्रमका रूपमा लिएका छन् ।