विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीले गर्नुभएको थियो। कार्यक्रमअन्तर्गत वैशाख १८ देखि २० गतेसम्म “प्रशिक्षक प्रशिक्षण तालिम” सञ्चालन गरिएको थियो।

प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय कार्यकारी समिति सदस्य सुदर्शन भट्टराई, प्रदेश कार्यसमिति सदस्य, प्रदेश परिषद् सदस्य तथा स्थानीय प्रमुख आयुक्तहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तालिममा कोशी प्रदेशका ५० जना स्काउट लिडर तथा रोभर र रेन्जरहरूको सहभागिता रहेको थियो। तालिमका मुख्य प्रशिक्षकका रूपमा प्रदेश प्रहरी कार्यालय, रानीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाले सहजीकरण गर्नुभएको थियो भने अन्य विषयगत विज्ञहरूले समेत विभिन्न शीर्षकमा प्रशिक्षण प्रदान गरेका थिए।


तालिम सम्पन्न पश्चात् कोशी प्रदेशका २० वटा स्थानीय तहमा स्थानीय स्काउट कार्यालयमार्फत प्यानल डिस्कसन कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो।