उद्योग वाणिज्य महासंघमा विराटनगरका बोहरा र प्याकुरेलको उम्मेदवारी

<span class='c1'>उद्योग वाणिज्य महासंघमा विराटनगरका</span> <span class='c2'>बोहरा र प्याकुरेलको उम्मेदवारी</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको ६० वार्षिक साधारणसभाबाट निर्वाचित गर्ने नयाँ नेतृत्वका लागि विराटनगरका दुईजना उद्योगीले उम्मेदवारी दिएका छन् । विराटनगरबाट मोरङमा व्यापार संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य अबिनाश बोहरा र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयेश प्याकुरेले उम्मेदवारी दिएका हुन् ।

एसोसिएट्स सदस्यतर्फ विराटनगरका बोहरा र प्याकुरेलले उम्मेदवारी दिएसँगै चुनावको माहोल नै तातेको छ । विराटनगरमा औद्योगिक–व्यवसायिक एजेन्डामा दुवै उद्योगी अब्बल मानिन्छन् । हाल महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सल्लाहकार समेत रहेका बोहोरा विराटनगरका पुराना उद्योगी परिवारका हुन् । उनी राजनीतिक रुपमा विपी कोइरालासँग सम्बन्ध रहेका परिवारका सदस्य समेत हुन् । विराटनगरमा ८० वर्षदेखि स्थापित ‘बोहोरा ग्रुप’ का संचालक समेत हुन् । खाद्यान्न, तेल र निर्माण क्षेत्रसम्म बोहराको लगानी छ ।

प्याकुरेल प्लास्टिक उद्योगमा स्थापित छन् । हेटौंडा र विराटनगरमा ‘एमएम प्लास्टिक’ संचालन गरिरहेका उनी बैंकिङ, मनोरञ्जन, ‘बन्जारा एग्रो’ मार्फत आधुनिक कृषि र विराटनगर किंग्समार्फत खेलकुद क्षेत्रका लगानीकर्ता हुन् । उनी मदन भण्डारी र मनमोहन अधिकारीजस्ता नेपाली कम्यूनिष्ट पार्टीका नेतासँग सम्बन्ध भएका परिवारका सदस्य हुन् ।
विराटनगरबाट दुईजना एसोसिएट्सतर्फ उम्मेदवार बन्दा झापाका उमेश डालमियाले जिल्लानगर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै उम्मेदवारहरू राजु न्यौपाने, प्रयास कार्की (उदयपुर) र गोकुल श्रेष्ठ (दमक) सँग प्रतिस्पर्धा गर्दैछन्। संस्थापक संघतर्फबाट टीकाराम ढकाल (झापा) र गोपाल श्रेष्ठ (धरान) चुनावी मैदानमा उत्रिएका छन्।

प्रदेशको प्रतिनिधित्व गर्ने अन्य केन्द्रीय सदस्यका लागि सुनसरीका वीरेन्द्र साह र जीवन पराजुली, मोरङका दीपक बस्नेत, झापाका जीबी कार्की, इलामका ईश्वर चिपालु र उदयपुरका रमेश रसाइली चुनावी दौडमा छन्। त्यस्तै, १५ केन्द्रीय सदस्यका लागि पाँचथरका दीपक नेपाल र बिर्तामोडका व्यवसायीहरूले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्