आज तीनवटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>आज तीनवटा संसदीय</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बस्ने भएको हो ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल हुनेछ । यस्तै, समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान—प्रदान तथा विविध विषयमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल र समितिको कार्यक्षेत्रका बारेमा छलफल हुने छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले सम्पादन गरेको कामकारबाहीको जानकारी र आगामी कार्यदिशा र समितिको कार्यक्षेत्रबारे प्रारम्भिक छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्