धनुषामा दुई अर्बको लगानीमा पाँचतारे होटल निर्माण हुँदै

<span class='c1'>धनुषामा दुई अर्बको लगानीमा</span> <span class='c2'>पाँचतारे होटल निर्माण हुँदै</span>

जनकपुरधाम । धनुषामा दुई अर्ब लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । मिथिला होस्पिटालिटी प्रालिको लगानीमा जनकपुरधाममा पहिलोपटक पाँचतारे होटल निर्माण हुन लागेको हो ।

सोमबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र प्रतिनिधिसभा सदस्य मनिष झाले संयुक्त रूपमा होटल निर्माणको लागि शिलान्यास गरेका हुन् ।

मिथिला होस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले सवा दुई बिघा क्षेत्रफलमा लक्ष्मीनियाँ गाउँपालिका–१ मा होटल निर्माण हुन लागेको जानकारी दिए । उनका अनुसार भाटभटेनी सुपर मार्केटनजिक बन्न लागेको यस होटलमा १२४ वटा सुविधासम्पन्न कोठा रहनेछन् । तीन वर्षभित्र होटल निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । उद्घाटनमा मिथिला होस्पिटालिटीका अध्यक्ष साहले जनकपुरधामलाई पर्यटकीय हब बनाउन लगानी गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्