विराट मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>विराट मेडिकल कलेजको सहयोगमा</span> <span class='c2'>स्वास्थ्य शिविर सम्पन्न</span>

विराटनगर । नारी सृजित बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा र विराट मेडिकल कलेज टिचिङ हस्पिटल को प्राविधिक सहयोगमा विराटनगर–५ स्थित श्री आधारभूत विद्यालय मा सञ्चालन गरिएको तीन दिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा हेमाटोलोजी सम्बन्धी जनचेतना कार्यक्रमसँगै स्तन क्यान्सर (ब्रेस्ट अनको सर्जरी) सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। साथै सहभागीहरूलाई स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा पनि प्रदान गरिएको थियो।

शिविरको क्रममा VIA स्क्रिनिङ तथा निःशुल्क अल्ट्रासाउन्ड (USG) सेवा समेत उपलब्ध गराइएको थियो। पहिलो दिनमै मात्र ११२ जनाले सेवा लिएका थिए, जसमा ६० भन्दा बढीले USG सेवा र ५१ जनाले VIA स्क्रिनिङ सेवा प्राप्त गरेका थिए।

आयोजक संस्थाका अनुसार शिविरले स्थानीय समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्