विराटनगर महानगरपालिकाद्वारा वर्गीकरण गरिएका ५३ विद्यालय नामावली सहित

<span class='c1'>विराटनगर महानगरपालिकाद्वारा वर्गीकरण गरिएका</span> <span class='c2'>५३ विद्यालय नामावली सहित</span>

विराटनगर । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निजी विद्यालयमाथि कडाइका साथ अनुगमन सुरु गरेको छ। पछिल्लो समय निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क वृद्धि गरेको गुनासो बढेपछि महानगरको शिक्षा प्रशासन महाशाखा सक्रिय बनेको हो।

महानगरभित्र सञ्चालनमा रहेका १२१ विद्यालयमध्ये हालसम्म ५३ वटा निजी विद्यालयलाई वर्गीकरण सूचीमा समावेश गरिएको छ। शिक्षा नियमावली २०५९ ले तोकेको मापदण्डअनुसार क, ख, ग र घ गरी चार श्रेणीमा विद्यालयहरू वर्गीकरण गरिएको महानगरले जनाएको छ। नियमावलीको परिच्छेद २४ तथा अनुसूची २१ को दफा १४५ अन्तर्गत विद्यालय वर्गीकरणसम्बन्धी व्यवस्था रहेको छ।

वर्गीकरणका लागि महानगरको अनुगमन समितिले स्थलगत निरीक्षण गरी मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यालयलाई ‘क’ वर्ग, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘ख’ वर्ग, ४० देखि ५९ प्रतिशतसम्मलाई ‘ग’ वर्ग र ३९ प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई ‘घ’ वर्गमा राखिने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्