मोरङमा दैनिक अनुगमन : विद्यार्थीका भित्री वस्त्रदेखि आईडी कार्डसम्म भेटिए चिट

<span class='c1'>मोरङमा दैनिक अनुगमन : विद्यार्थीका भित्री</span> <span class='c2'>वस्त्रदेखि आईडी कार्डसम्म भेटिए चिट</span>

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् ।

केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्षसम्मलाई प्रभावमा पार्ने गरेको गुनासो बढेपछि प्रशासनले कडाइ सुरु गरेको हो । पछिल्ला केही दिनयता गरिएको अनुगमनका क्रममा विभिन्न परीक्षा केन्द्रबाट ठूलो परिमाणमा चिट बरामद गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईरालाका अनुसार बरामद भएका चिटहरूको प्रकृति हेर्दा यो व्यक्तिगत प्रयासभन्दा पनि योजनाबद्ध र संगठित गतिविधि भएको देखिएको छ । उनले भने, “संस्थागत सेटिङमार्फत चिट चोराउने गरिएको तथ्य नै भेटिएको छ । बरामद भएका चिटहरू कुनै प्रेस वा कम्प्युटरमा दक्ष व्यक्तिले गाइड र गेस पेपरलाई अत्यन्तै सानो आकारमा प्रिन्ट गरेर तयार पारेको जस्तो देखिन्छ ।”अनुगमनका क्रममा विद्यार्थीहरूले ती चिटहरू भित्री वस्त्र, टाई, आईडेन्टी कार्ड, जुत्ता तथा मोजाभित्र लुकाएर परीक्षा हलसम्म पुर्‍याएको समेत फेला परेको उनले बताए ।

कोईरालाले जिल्लाभर फेला परेका चिटहरूको स्वरूप लगभग एउटै रहेको उल्लेख गर्दै यसमा संगठित गिरोहको संलग्नता हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, “जिल्लाभर नै चिटको प्रकृति एउटै प्रकारको देखिएको छ । यसले योजनाबद्ध रूपमा सामग्री तयार गरिएको संकेत गर्छ । यस्ता गतिविधिमा संलग्न गिरोहबारे हामीले सूक्ष्म रूपमा सूचना संकलन गरिरहेका छौँ ।” परीक्षा मर्यादा कायम गर्न प्रशासनले दैनिक अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । यस्तै, अत्यधिक चिट फेला परेका विद्यालय तथा कलेजसँग सम्बन्धित २० जना केन्द्राध्यक्षलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले स्पष्टीकरण सोधिसकेको छ ।
विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी १० जिल्लाका ६० हजार ७५ जना परीक्षार्थीको परीक्षा व्यवस्थापन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्