इटहरीको ‘रमडा बाइ विन्डम’मा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

<span class='c1'>इटहरीको ‘रमडा बाइ विन्डम’मा</span> <span class='c2'>क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न</span>

इटहरी । विश्वप्रसिद्ध होटल चेन ‘रमडा बाइ विन्डम’ईटहरी ले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । होटलले प्रत्येक महिना आयोजना गर्ने टाउन हल मिटिङअन्तर्गत यसपटक ‘गेस्ट एक्सपेरियन्स अपलिफ्टिङ’ अर्थात् अतिथिको अनुभवलाई अझ उत्कृष्ट बनाउने विषयमा केन्द्रित प्रशिक्षण सञ्चालन गरेको हो ।

कार्यक्रममा मिडियाकर्मी तथा हस्पिटालिटी क्षेत्रसँग आबद्ध बिबेक दाहालले सेसन सञ्चालन गरेका थिए । प्रशिक्षणमा अतिथिसँगको व्यवहार, सेवा प्रवाहको गुणस्तर, सकारात्मक संवाद तथा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य संस्कृतिबारे कर्मचारीलाई जानकारी गराइएको थियो ।

कार्यक्रमकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । पूर्वी नेपालमै पहिलो अन्तर्राष्ट्रिय होटल चेनको रूपमा स्थापित ‘रमडा बाइ विन्डम’ले आतिथ्य सेवा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्