नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

<span class='c1'>नेपाल हव पुरुष २०–२०</span> <span class='c2'>क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई</span>

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो ।

टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयर अफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए । १ सय ११ रनको लक्ष्य पाएको विराटनगरले १८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।

बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । राउण्डरोविन लिगको आधारमा खेलाएकोे प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारस खडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्