विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ रामगञ्ज बेलहिया निवासी दिनेश कामत यतिबेला आफ्ना छोरा राहुल कामतको जीवन बचाउन सहयोगको याचना गर्दै विभिन्न ठाउँ धाइरहेका छन्। विगत दुई वर्षदेखि राहुल मृगौला रोगबाट पीडित रहेका छन् भने हाल उनका दुवै मृगौला फेल भइसकेको परिवारले जनाएको छ।
राहुलको उपचार हाल कोशी अस्पतालमा भइरहेको छ। लामो समयदेखि उपचार गराउँदा परिवारको सम्पूर्ण सम्पत्ति सकिएको दिनेश कामतले बताएका छन्। आर्थिक अवस्था कमजोर बन्दै गएपछि अहिले परिवारलाई दैनिक खानपान चलाउन समेत कठिनाइ हुन थालेको उनले दुखेसो पोखेका छन्।
चिकित्सकहरूले उचित उपचार र नियमित व्यवस्थापन भए राहुल निको हुन सक्ने आशा देखाएपछि बुबा दिनेश छोराको जीवन बचाउन सहयोग संकलन गर्दै हिँडिरहेका छन्। उनले आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन समस्या भइरहेको बताए।
परिवारले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा सरोकारवालासँग राहुलको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।
सम्पर्क नं ९७०६३४९९०६
बैक खाता ३४३५७५३१२४६२८००१ एन आई सि एसिया बैँक