विराटनगर । झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ स्थितबाट ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर नगरपालिका–१० का पवन खड्का र भद्रपुर नगरपालिका–८ का रुमिलुङ राईलाई पक्राउ गरेको हो।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम तथा कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उता मोरङको प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–६ स्थितबाट सोही स्थानकी सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।