विराटनगर बैशाख २९ ।
विराटनगरको मेरिल्याण्ड कलेजले फेरि एकपटक देशकै टप १० प्लस टु कलेजमा स्थान बनाउँदै आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। देशभरका ८ हजारभन्दा बढी कलेजमध्ये उत्कृष्ट सूचीमा पर्न सफल भएपछि पूर्वी नेपालको शैक्षिक गौरव थप उजागर भएको छ।
बोर्ड नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन र समग्र उपलब्धिका आधारमा गरिएको मूल्यांकनमा कलेजले निरन्तर उत्कृष्ट प्रदर्शन गरेको हो।
कलेज प्रशासनका अनुसार दक्ष शिक्षक, प्रविधिमैत्री शिक्षण प्रणाली, आधुनिक ल्याब र विद्यार्थीमैत्री वातावरण नै सफलताको मुख्य आधार हुन्।
यसअघि पनि मेरिल्याण्डका विद्यार्थीहरूले राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्। हाल करिब १,७०० विद्यार्थी अध्ययनरत यो कलेज कोशी र मधेश प्रदेशका विद्यार्थीहरूको प्रमुख रोजाइ बनेको छ।
