विराटनगर । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा विभिन्न विभागमा कार्यरत नर्सहरुलाई सम्मान गर्दै उनीहरूको योगदानको प्रशंसा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्य सेवामा नर्सहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूको अथक मेहनत, समर्पण र सेवाभावप्रति सम्मान व्यक्त गरिएको हो ।


यस अवसरमा अस्पताल प्रशासनले “हाम्रो परिवार सम्पूर्ण नर्स साथीहरूको अथक समर्पण र सेवाप्रति हृदयदेखि नै कृतज्ञ छ,” भन्दै सबै नर्सहरुलाई अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना समेत दिएको छ । कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी तथा नर्सहरूको सहभागिता रहेको थियो ।