विराटनगर । विराटनगर २ मा अवस्थित सेन्ट जोसेफ स्कुल एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै कोशी प्रद्शकै उत्कृष्ट विद्यालयका रुपमा आफुलाई उभ्याएको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। विद्यालयले शत प्रतिशत नतिजा ल्याइ आफुलाई विगत झै अव्बल बनाएको छ ।
विराटनगर २ स्थित सेन्ट जोसेफ विद्यालयका विद्यार्थीहरूले यस वर्ष पनि विगत झै उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयका विद्यार्थीहरुले ३.३२ देखि ३.६० जिपिएसम्म तथा ३.६० देखि ४.०० जिपिएसम्म विद्यार्थीहरुले अंक ल्याएका छन् । सेन्ट जोसेफका दुई जना विद्यार्थीहरुले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।सेन्ट जोसेफका निर्देशक रोहितजंग थपलियाले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उच्च शिक्षाको यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।
उनले विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गर्दै उत्कृष्ट नतिजा त्यसकै प्रतिफल भएको बताए। साथै विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र कक्षा ११ र र १२ तर्फ ढुक्क भई भर्ना हुन अनुरोध समेत गरेका छन् ।