उद्योग संगठनद्वारा महासंघ केन्द्र, कोशी र विराट व्यापारमा निर्वाचितलाई सम्मान

<span class='c1'>उद्योग संगठनद्वारा महासंघ केन्द्र, कोशी</span> <span class='c2'>र विराट व्यापारमा निर्वाचितलाई सम्मान</span>

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवामहासंघ कोशी प्रदेश र विराट व्यापार संघको नया नेतृत्वलाई बधाई तथा ज्ञापन गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठनमा सचिवालयमा कार्यक्रम आयोजना गरी नवनिर्वाचितहरुलाई वधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य, समन्वय र साझा मुद्दामा एकताबद्धको आवश्यकता औल्याए । उनले दुवै संस्थाका नया नेतृत्वले व्यवसायिक हकहित संरक्षण, व्यवसाय मैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रम सम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसंग सहजीकरण तथा व्यवसायी मैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको औद्योगिक तथा व्यावसायिक विकासका सम्भावनाको व्यापकता वारे उल्लेख गर्दै प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायहरूसंग समन्वय गरी लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवद्र्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रका संस्थाहरु बीच ऐक्यवद्धता आवश्यक रहेको बताए ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद कुमार अग्रवालले स्थानीय व्यवसायीहरूको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने, व्यवसायमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने तथा व्यवसायीका समस्यालाई प्रभावकारी रूपमा उठाउने कार्यलाई प्राथमिकतामा राखिने वताए । उनले कर सचेतना तथा उपभोक्ता मैत्री बजार निर्माणमा समेत संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठन मोरङको दुवै संस्थाहरुसंग विगतदेखि नै सहकार्य र साझा मुद्दामा एकताबद्ध रूपमा आवाज उठाउने परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य हुने विश्वास व्यक्त गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष्ँ भोलेश्वर दुलालले निजी क्षेत्र केवल व्यापारिक गतिविधिमा सीमित नरही आर्थिक, सामाजिक तथा क्षेत्रीय विकासको प्रमुख साझेदारका रूपमा स्थापित भएको उल्लेख गर्दै नीजि क्ष्ँेत्रका संस्थाहरू बीचको सहकार्यले समग्र उद्योग तथा व्यवसाय क्षेत्रलाई सकारात्मक दिशा प्रदान गर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्